तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना


१३ पुस २०७९, बुधबार


काठमाडौँ । देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण क्रमशः चिसो बढिरहेको छ ।

यसैबीच, काठमाडौँमा आज बिहानको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पौने ६ बजे काठमाडौाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको हो ।

यसअघि हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । यद्यपि, आज पनि पौने ९ बजे तापक्रम बिहान पौने ६ बजेको भन्दा केही कम हुन सक्छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार प्रदेश-१ को हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपात र हुस्सु/कुहिरोका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस