मोदीको बधाई स्विकार्दै प्रचण्डले दिए धन्यवाद « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मोदीको बधाई स्विकार्दै प्रचण्डले दिए धन्यवाद


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई स्विकार्दै धन्यवाद व्यक्त गरेका छन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरबाट मोदीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले धन्यवाद सन्देशमा भारतसँग मिलेर काम गर्न आतुर रहेको उल्लेख गरेका छन् । 

उनले ट्वीटरमार्फत भने, ‘धन्यवाद प्रधानमन्त्री ज्यु @narendramodi जी तपाईँको न्यानो सन्देशको लागि। नेपाल र भारतबीच घनिष्ठ सांस्कृतिक सम्बन्ध र प्राकृतिक सम्बन्ध रहेको छ । म हाम्रो द्विपक्षीय मित्रता सुदृढ गर्न तपाईँसँग नजिकबाट काम गर्न तत्पर छु।

Tags :
प्रतिक्रिया दिनुहोस