२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले माधवलाई फूलमाला लगाएर गठबन्धनमा सामेल गराउनुपर्छ : वामदेव गौतम

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीलाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नगराउनु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूल भएको बताएका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि कुराकानी गर्दै गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सामेल गराउन सुझाव दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई शक्तिमा पुर्‍याउन अध्यक्ष नेपालले भूमिका खेलेको भन्दै उनलाई बीचैमा छाड्नु ऐतिहासिक भूल हुने उनको भनाई थियो । गौतमले भने, ‘अहिले सानो देखिएपनि पुष्पकमल दाहाल प्रचण्डलाई शक्तिमा पुर्‍याउन भूमिका खेल्ने मुख्य सहयोगी पार्टी हो । अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी नेकपा माओवादी केन्द्र केपी ओलीसँगको गठबन्धनमा सामेल भएको छ । नेकपा एकीकृत समाजवादी छुट्न हुँदैन । यो गठबन्धनमा यो पार्टी सामेल हुन सकेन ऐतिहासिक भूल हुनेछ ।’

उनले प्रचण्डले माधव नेपालसँग सम्मानजनक छलफल नगरी एक्लै सामेल हुनु आलोचनाको विषय भएको बताउँदै प्रचण्डले एउटा मित्रलाई सम्मानजनक व्यवहार नगरेको बताए । उनले भने, ‘बाहिर प्रचण्ड देखिए पनि संविधानलाई ट्रयाकमा ल्याउन भूमिका खेल्ने आधा ब्रेक, आधा शक्ति माधव नेपाल हुन् । त्यसैले प्रचण्डले फूलमाला लगाएर उहाँलाई गठबन्धनमा लग्नुपर्छ ।’ आजको भेटमा नेपाल कम्युनिस्ट आन्दोलनमा एकताबद्ध बनाउन जस्तो सुकै त्याग गर्न दुवै नेता सहमत भएको पनि नेता गौतमले खुलाए ।

प्रतिक्रिया दिनुहोस