नासु देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नासु देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा दीपकराज देवकोटा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कालिकोटको खाँडाचक्र नगरपालिकाकामा कार्यरत देवकोटाले नगरपालिकाको सम्झौता अनुसार पोल्ट्री बङ्गुर फर्मलाई भुक्तानी नदिएर घसु मागेको आरोपमा मुद्दा दायर गरिएको हो । 

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार कुखुरा पालन सिप विकाश तालीम कार्यक्रममा सर्त पुरा नगरेर झुट्टा विल भरपाई पेस गरी भुक्तानी लिएर रकम हिनामिना गरेको देखिएको छ । 

१ दिन मात्रै तालीम सञ्चालन गरी १५ दिनको विवरण पेस गरी भुक्तानी लिएर हिनामिना गरेको अख्तियारको ठहर छ । 

Tags :
प्रतिक्रिया दिनुहोस