‘प्रचण्डलाई विश्वासको मत लिनै कठिन छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रचण्डलाई विश्वासको मत लिनै कठिन छ’


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन् । 

काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री प्रचण्डले ७ वटा राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो ।

मङ्गलवार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गरे ।

संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनले बताए ।

नेता विश्वकर्माले प्रधानमन्त्री दाहाललाई गठबन्धन अड्याएर अघि बढ्न मुस्किल हुने पटक-पटक दोहोर्‍याए। 

Tags :
प्रतिक्रिया दिनुहोस