१७ दिनपछि धरहरा पुनर्निर्माणको काम सुरु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

१७ दिनपछि धरहरा पुनर्निर्माणको काम सुरु


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको १७ दिनपछि थालिएको छ । ठेकेदार कम्पनीले सुन्धारा पछाडि डोजर चलाएपछि रोकिएको काम पुनः सुरु गरिएको जीआई ईपीसी रमन कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले बताए ।

उनका अनुसार सुन्धारा पुनर्निर्माणका क्रममा उत्पन्न विवाद भने कायमै छ । 

ठेकेदार कम्पनीले गएको मंसिर २६ गते सुन्धारा पछाडि डोजर चलाउँदा धारामा पानी आउने काठको ऐतिहासिक डुँड भाँचिएको थियो । त्यसपछि स्थानीयले धरहरा बनाउने कम्पनीले सुन्धारा बनाउन नसक्ने भन्दै सबै काम रोकेका थिए ।

ठेकेदार कम्पनीले सुन्धाराकै लागि ट्याङ्की बनाउन सो क्षेत्रमा डोजर चलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस