१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरीको जनता मावि प्रदेश सरकारबाट जिल्लाकै उत्कृष्ट विद्यालयमा छनोट

अ+ अ-

धरान । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माविलाई प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट विद्यालयका रूपमा छनोट गरेको छ ।

सुनसरी जिल्लामै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रूपमा उक्त विद्यालयलाई छनोट गरी अनुदानसमेत दिने घोषणा गरिएको छ ।

उक्त मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले उत्कृष्ट विद्यालयका रूपमा छनोटमा परेको जानकारीसहित प्रदेश सरकारले दिने सुविधा लिनका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई पत्रचार गरेको छ ।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलका अनुसार विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार पाउनेछ । बीस प्रतिशतसम्म प्रोत्साहन कार्यक्रम र ८० प्रतिशत विद्यालयको प्रस्तावका आधारमा कार्य गर्ने गरी योजना बनाएर पेस गर्न पत्रचार गरिएको थियो ।

मन्त्रालयले आव ०७९/०८० का लागि प्रत्येक जिल्लाबाट एक–एक वटा उत्कृष्ट व्यवस्थापन भएका सफल सामुदायिक माध्यमिक विद्यालयलाई प्रोत्साहन कार्य गर्ने कार्यक्रमअनुसार सुनसरीमा जनता माविलाई छनोट गरेको जनाएको छ । मन्त्रिस्तरीय बैठकबाट मङ्सिर २६ गते उक्त माविलाई उत्कृष्ट विद्यालय छनोट गरी प्रोत्साहन कार्यक्रम दिने निर्णय गरिएको थियो । यही पुस ९ गते एक साताको समय दिएर विद्यालयलाई प्रस्ताव पेस गर्न पत्रचार भएको छ ।

पछिल्लो चार वर्षमा उक्त विद्यालय नमुना विद्यालयका रूपमा दरिएको छ । यहाँ निजी विद्यालयहरूबाट अध्ययन गर्न विद्यार्थीहरू ल्याउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले जानकारी दिए ।

कक्षाकोठालाई स्मार्ट बनाउनेदेखि अङ्ग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरिकै उत्कृष्ट शिक्षकहरू नियुक्त गर्ने क्रम सुरु गरिएपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको विद्यालयको जिकिर छ ।

उनले भने, ‘विद्यालयका शिक्षक, व्यवस्थापन समितिका बाँकी सदस्य, अभिभावक र स्थानीय राजनीतिक दलका नेता सबैको साथ र सहयोगका कारण यो उपलब्धि पाइएको छ । यसको निरन्तरताका लागि हाम्रो प्रयास जारी रहनेछ ।’

विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरू रहेको अध्यक्ष दङ्गालले जानकारी दिए ।

पर्याप्त सरकारी सहयोग भएर पनि शैक्षिक सुधार गर्न नसकेका देशभरका सामुदायिक विद्यालयका लागि उक्त विद्यालय पछिल्लो समय गतिलो उदाहरण नै बन्न सफल भएको छ । इटहरी र आसपासका राम्रा शिक्षकहरूलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।

यस स्कुलले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानुन र सिभिल इन्जिनियरिङको पढाइ सुरु गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस