संघीय संसद्को अधिवेशन पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद्को निर्णय  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

संघीय संसद्को अधिवेशन पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद्को निर्णय 


११ पुस २०७९, सोमबार


काठमाडौँ । सरकारले संघीय संसद्को पहिलो बैठक पुसको तेस्रो साता बोलाउने निर्णय गरेको गरेको छ ।

सोमबार साँझ सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले पुस २९ अगावै संघीय संसद्को बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचनको अन्तिम परिणाम आएको एक महिनाभित्रै संसद बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । आगामी पुस २९ अगावै संसद बैठक बोलाउनुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस