एक लाख ४२ हजार नक्कली नोटसहित ५ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक लाख ४२ हजार नक्कली नोटसहित ५ जना पक्राउ


११ पुस २०७९, सोमबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली एक लाख ४२ हजार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । 

सोमबार जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

यस्तै उनीहरूको साथबाट बाघको जस्तो देखिने हड्डीह, बैङ्कका चेकहरू, लुकाइएको जडिबुडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  । पक्राउ पर्नेमा लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी, मोहन सिंह बोहरा र टेकेन्द्र धामी रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस