नयाँ प्रधानमन्त्रीको शपथ भोलि « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नयाँ प्रधानमन्त्रीको शपथ भोलि


१० पुस २०७९, आइतबार


काठमाडौँ । नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । 

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दाबी पेस गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । 

अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस