इन्धन ट्याङ्कर विस्फोट हुँदा १० जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इन्धन ट्याङ्कर विस्फोट हुँदा १० जनाको मृत्यु


१० पुस २०७९, आइतबार


जोहानेसबर्ग । दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्याङ्कर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् ।

तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्याङ्कर शनिवार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो ।

‘पुलमुनि ट्याङ्कर फसेको भन्ने फोन पायौँ। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो । दुर्भाग्यवश, ट्याङ्कर विस्फोट भयो’, उक्त क्षेत्रका आपत्कालीन सेवाका प्रवक्ता विलियम एनटलाडीले भने ।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस