सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित


९ पुस २०७९, शनिबार


काठमाडौँ । सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसदको २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन् ।

संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले सो निर्वाचनको परिणाम घोषणा गरेका हुन्। फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनेको हो ।

गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन् । यो सँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६ वर्षे शासनको अन्त्य भएको छ । उनले सन् २००६ मा सैन्य कूद्वारा सत्ता कब्जा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस