२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

अ+ अ-

नवलपरासी । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् ।

प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार नारायणगढ बुटवल सडक विस्तार र निर्माण, समय समयमा आउने हावाहुरी, पानी, चट्याङका कारण जिल्लाका विभिन्न स्थानका क्यामेरा बिग्रिएका हुन् ।

कावासोती नगरपालिकामा जडान भएका ३३ मध्ये १६, देवचुलीका १०, मध्यविन्दु नगरपालिकाका ११ मध्ये चार, विनयी त्रिवेणीका १२ मध्ये नौ र गैंडाकोट नगरपालिकाका ४९ मध्ये २९ सिसी क्यामेरा बिग्रिएर काम नगर्ने भएका हुन् । गण्डक ब्यारेजको चारवटै सिसी क्यामेरा बिग्रँदा सीमानाकामा समस्या भएको छ ।

गैंडाकोटदेखि दाउन्नेसम्म करिब ६५ मुख्य सडकखण्ड पर्ने भएकाले सवारी दुर्घटना, लागुऔषधसहितका आपराधिक गतिविधि नियन्त्रण गर्न सिसी क्यामेरा प्रभावकारी भए पनि पछिल्लो समय क्यामराले काम नगर्दा केही असहज भएको बताइएको छ । बिग्रिएका सिसी क्यामेरा मर्मत प्रहरी एक्लैले गर्न नसक्ने भएकाले विशेष गरेर स्थानीय तहसँग समन्वय गरिएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारको काम सकिएपछि सडक सुरक्षाको लागी सिसी क्यामेरा झनै महत्वपूर्ण हुने भएकाले थप सिसी क्यामेराका लागि सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कम्पनी सकारात्मक रहेको तिवारीले बताए । कालीगण्डकी डाइभर्सनको काम पनि अन्तिम चरणमा पुगेकाले योसहित पहाडी क्षेत्रका सडकका मुख्य नाकामा सिसी क्यामेरा जडानको योजनामा आफूहरु रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस