काठमाडौँ । स्वास्थ्य सेवा विभागले पारामेडिक्सतर्फका ५०७ जनाको एकैपटक बढुवा गरेको छ ।
विभागले पारामेडिक्सअन्तर्गतका हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, रेडियोग्राफर, क्षयकुष्ठ सहायक र एनेस्थेटिक सहायकहरूलाई पाँचौँबाट छैटौँ तहमा बढुवा गरेको हो ।
विभागले शुक्रबार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको कागजात र प्रक्रिया पूरा गरेका ५०७ जनाको निवेदनलाई स्वीकृत गरी स्तरवृद्धि गरेको जनाएको छ ।