दक्षिणी थाइल्याण्डमा बाढी, २ लाख परिवार प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दक्षिणी थाइल्याण्डमा बाढी, २ लाख परिवार प्रभावित


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा २ लाख परिवारलाई असर गरेको बताइएको छ। अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमशः सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ।

बाढीले छ वटा दक्षिणी प्रदेशका नखोनसी थम्मरात, फत्थलुङ, सोङ्खला, पट्टनी, याला र नराथीवाट लगायात ५७ जिल्लाबाट २ लाख १० हजार ५ सय ५२ घरधुरी प्रभावित भएको डीडीपीएमले जनाएको छ।

बुधबार बाढी प्रभावित क्षेत्रबाट सातवटा शव फेला परेको र दुई जना घाइते पनि भेटिएको विभागले उल्लेख गरेको छ। थाइल्यान्डको खाडी र दक्षिणी क्षेत्रमा उत्तरपूर्वी मनसुनले प्रभाव पारेपछि आएको बाढीले आइतबारदेखि बुधबारसम्म भारी वर्षा भएको थियो। उक्त वर्षाले भीषण बाढी र हावाहुरी ल्याउँदा ठूलो भौतिक क्षति भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस