२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकनाथ ढकालबारे एमालेभित्र चर्को आलोचना

अ+ अ-

काठमाडौँ । परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेबाट समानुपातिक सांसद चुनिएपछि एमालेका नेता कार्यकर्ताले चरम असन्तुष्टि जनाउँदै आलोचना गर्न थालेका छन् । 

एमालेमा लामो समयदेखि योगदान दिएका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर अर्को पार्टीको अध्यक्षलाई सांसद बनाइएको भन्दै उनीहरूले यो कस्तो अभ्यास भनेर नेतृत्वलाई प्रश्न गरेका छन् । सो पार्टीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत लगातार पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न गरे पनि नेतृत्वले कुनै जवाफ दिएको छैन । 

‘एउटा पार्टीको अध्यक्षले अर्को पार्टीबाट समानुपातिक लिस्टमा बसेर आज सांसदको शपथ खानुभयो । राजनीतिक रूपमा यो कस्तो खाले अभ्यास हो ?’, एमाले केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले प्रश्न गर्दै भनेकी छन्, ‘जवाफ कसले दिनु पर्ने हो रु निर्वाचन आयोगले वा अर्को दलको अध्यक्षलाई सांसद बनाउने दलले ?’ 

यसअघि स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डेले पनि अर्को पार्टीको अध्यक्ष एमालेको समानुपातिक सूचीको टप लेबलमा कसरी पुग्यो भन्दै यसको जवाफ खोजिने बताएकी थिइन् । उनले यति कुराको जवाफ नेतृत्वसँग नखोजे पार्टीका नाम मात्रै बोकेर हिँड्दा हुने पनि बताएकी छन् ।

 ‘अर्को पार्टीको अध्यक्ष मेरो पार्टीको समानुपातिक सूचीको टप लेबलमा कसरी पर्‍यो ? यसको जवाफ त पार्टीभित्र खोज्नुपर्ला नि त ’, पाण्डेको भनाइ छ । 

उनले ढकाल बारेमा पार्टीभित्र मात्रै नभएर पार्टी बाहिर समेत प्रश्नका रूपमा उठेको बताइन् ।  ‘जनताका बीचमा अनुमोदित भएर जनताको हितमा काम गर्नुपर्छ भन्ने पार्टीले जनताले उठाएका प्रश्नको जवाफ जनताकै लेबलमा दिनु पनि पर्छ’, पाण्डेले भनेकी छन्, ‘उहाँ अहिलेसम्म हाम्रो पार्टीमा प्रवेश गरेको समेत थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस