जबराविरुद्धको महाअभियोग अबको संसदमा छलफल हुन्छ : गगन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जबराविरुद्धको महाअभियोग अबको संसदमा छलफल हुन्छ : गगन


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन्।

बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

उनले यस अघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरुले पनि छलफलमा सहभागी बन्ने बताए।

संसदको लाइबेरीलाई संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्ने उनको भनाइ छ। उनले संसदको लाइबेरीले सांसदको गुणस्तरलाई बढाउने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस