२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा झिनो अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य छ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य वृद्धि हुँदा १० उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका मध्ये ७६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने एक सय २४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कुल ३१ लाख ११ हजार आठ सय ३३ कित्ता सेयर रु एक अर्ब ११ करोड ९७ लाख ९७ हजार नौ सय २१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु १४ करोड ९९ लाख ५० हजार तीन सय ४६ बराबरको सेयर कारोबार भयो । एनआइसी एसिया बैङ्क रु पाँच करोड ६९ लाख ६५ हजार तीन सय २४, नबिल बैङ्क रु पाँच करोड ३१ लाख ६६ हजार छ सय ९८, हिमालयन डिस्टिलरी रु चार करोड ८१ लाख १३ हजार नौ सय ४६ र शिवम् सिमेन्ट रु तीन करोड ९९ लाख ९५ हजार चार सय ८५ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिर्जनशील लघुवित्त र धवलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त आठ दशमलव १९, कालिका पावर कम्पनी आठ दशमलव १५ र नेरुडे लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै आँधी खोला लघुवित्त सात दशमलव ७०, बलेफी हाइड्रोपावर पाँच दशमलव ४९, सोल्टी होटेल चार दशमलव ७६, इस्टर्न हाइड्रोपावर तीन दशमलव ९९ र ग्रीन डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव २० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस