२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, ४६ कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने १३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आजको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर रु ९३ करोड आठ लाख ३९ हजार नौ सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३८ लाख ३७ हजार दुई सय १८ बराबर को शेयर खरिद बिक्री भएका छन् ।

त्यस्तै सिभिल बैंक रु चार करोड तीन लाख ७० हजार तीन सय २८, हिमालयन डिस्टिलरी रु तीन करोड ८२ लाख ५९ हजार चार सय आठ, नबिल बैंक तीन करोड ३६ लाख ९२ हजार दुई सय ५१ र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको रु दुई करोड ८२ लाख १९ हजार आठ सय १८ बराबरको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा आधीखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसबाहेक सिवाइसिएल लघुवित्त सात दशमलव ६२ र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७१ प्रतिशतले बढेको छ ।

त्यस्तै, सनराइज ब्ल्यूचिप फण्डको चार दशमलव ६७, गरिमा विकास बैंकको ऋणपत्र तीन दशमलव ९४, फरवार्ड माइक्रोफाइनान्सको दुई दशमलव ५१, लिवर्टी इनर्जीको दुई दशमलव ३९ र महालक्ष्मी विकास बैंकको शेयर मूल्य दुई दशमलव २७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस