धनगढीमा गोली चल्दा १ जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धनगढीमा गोली चल्दा १ जना घाइते


५ पुस २०७९, मंगलबार


धनगढी । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको जुगेडामा सोमबार राति २ राउण्ड गोली चलेको छ ।

गोली लागेर एक जना स्थानीय घाइते भएका छन्। प्रहरी स्रोतका अनुसार सीमा क्षेत्रमा २ राउण्ड गोली चलेको हो । तर गोली कसले चलाएको हो भन्ने खुलेको छैन।

चोरी तस्करीका क्रममा तस्करको समूहलाई अवरोध सिर्जना भएपछि गोली चलेको हुनसक्ने स्थानीय प्रशासनको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस