काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने भएको छ । सहमहामन्त्री भीष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
बुधबार काँग्रेसको संसदीय दलको निर्वाचन हुँदै छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् ।
संसदीय दलमा ८९ जनाले निर्वाचन प्रक्रियामा भाग लिनेछन् । उम्मेदवारी दर्ता भोलि दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । यसअघि भोलि बिहान ८ देखि १० बजे सम्मलाई समयसीमा तोकिएको थियो ।
