२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा घाइते लिखु तामाकोशी-१ दुरागाउँका वडासदस्य सुनुवारको निधन

अ+ अ-

काठमाडौँ । रामेछापको लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ। शनिबार दिउँसो भुजीमा भएको बोलेरो दुर्घटनामा घाइते ३९ वर्षीय सुनुवारको वीरेन्द्र अस्पताल, छाउनीमा उपचारको क्रममा गएराति निधन भएको वडा अध्यक्ष प्रदीप तामाङले जानकारी दिए।

सुनुवारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने वडाअध्यक्ष तामाङले बताए। सुनुवार एमालेबाट निर्वाचित वडा सदस्य हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड लिग फुटबल हेर्न दुरागाउँबाट भुजी जाँदै गरेका यात्रु सवार बा ११ च ७५९१ नम्बरको बोलेरो भुजीको एकतारे छाँगामा दुर्घटना हुँदा ९ जना घाइते भएका थिए।

दुर्घटनामा परी लिखुतामाकोशी गाउँपालिका-१ कोटगाउँकी ३२ वर्षीया बिमला सुनुवार, २३ वर्षीया श्रृष्टी सुनुवार, ३४ वर्षीय राजकुमार थापा, ३० वर्षीया सीता कार्की, ३० वर्षीया मनिता खड्का, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दिपक सुनुवार र १९ वर्षीय सुजन भुजेलसमेत घाइते भएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका विमलसँगै बिमला, राजकुमारलाई पनि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौंमा ल्याइएको थियो। उनीहरुको नेपाल-भारतमैत्री अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस