२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ अर्बको बिजुली बेचेपछि निर्यात बन्द 

अ+ अ-

काठमाडौँ । भारतमा नेपालबाट भइरहेको विद्युत् निर्यात रोकिएको छ । सुख्खायाम लागेर नेपालमा उत्पादित बिजुली र माग बराबर भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात बन्द गरेको हो ।

अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत् निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा निर्यात थालेको थियो । त्यसयता करिब ११ अर्ब रुपैयाँ बराबरको विद्युत् भारत निर्यात गरेको भट्टराईले बताए ।

खोलानालामा पानीको बहाव घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरूबाट विद्युत् उत्पादन कम भएसँगै निर्यात पनि बन्द भएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।

हाल प्राधिकरणले ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाटसम्म बिजुली भारत निर्यात गर्ने अनुमति पाएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली भात पठाउँदै आएको छ । कात्तिक अन्तिम सातामा प्राधिकरणले २३।५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको थियो ।

प्राधिकरणले अब हिउँदयाममा अपुग हुने बिजुली भारतबाट आयात गर्नुपर्ने छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ११ अर्ब बराबरको भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको थियो ।

आईएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट करिब ८ रुपैयाँ २५ पैसा छ ।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी-१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत् पनि निर्यातको प्रस्ताव स्वीकृति मागेको छ । तर, यीसहित थुप्रै प्रस्तावित आयोजनाबारे भारत लामो समयदेखि अनिणिर्त छ ।

चालु आर्थिक वर्ष २०७९-८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने प्राधिकरणको दाबी छ। विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा भारतबाट आयात हुनेभन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुनेछ । यो हिउँदमा करिब ६ अर्बको बिजुली भारतबाट ल्याउनुपर्ने अनुमान भएकाले निर्यातभन्दा आयात बढी हुने निश्चितजस्तै छ ।

निर्यात ठूलो मात्रामा भएपनि नेपालको निर्यात सम्भावना योभन्दा ठूलो थियो । गत दसैँ तिहारको समयमा दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली खेर गएको थियो ।

प्रतिक्रिया दिनुहोस