२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि कुटपिट

अ+ अ-

कर्णाली । तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् ।

उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छान्नका लागि सातौँ पटक बैठक बस्दा पनि सहमति हुन सकेन’, प्रधानाध्यापक बस्नेतले भने, ‘उनीहरूले चुनाव गर्नै पर्छ भनेपछि शुक्रबार चुनावको तयारी थियो । तर वडाध्यक्षले मदिरा पान गरेर ममाथि हातपात गरे र उनका दुई छोराले अझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु ।’

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले बताए । प्रधानाध्यापक बस्नेतका अनुसार वडाध्यक्षको समूहले अस्थायी तथा करारमा रहेका शिक्षकलाई प्रधानाध्यापक बनाउन दबाब दिँदै आएका छन् । उनीहरूले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौती भएको उनले दुःखेसो गरे ।

यता वडाध्यक्ष आँसे बस्नेतले झगडा हुँदा दुवैबीच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गरे । उनले भने, ‘झगडा सामाजिक विषयमा भएको हो । अहिले व्यक्तिगत जस्तो भयो । जनप्रतिनिधिका हिसाबले नहुनुपर्ने, गलत जस्तो भयो । अब मिलेर जाने प्रयास गरौँला ।’

पीडितले अस्थायी/करार शिक्षकलाई प्रधानाध्यापक बनाउन चाहेको विषयमा भन वडाध्यक्ष बस्नेतले केही बोलेनन् । विद्यालय व्यवस्थापन समितिको चुनावका लागि गाउँपालिका शिक्षा शाखाबाट खटिएका प्रतिनिधि दीपेन्द्रबहादुर हमालले प्रधानाध्यापक र वडाध्यक्षको झगडा सकिएपछि मात्र त्यहाँ पुगेकाले आफूलाई कुनै जानकारी नभएको बताए ।

यद्यपि प्रधानाध्यापक घाइते भएर स्वास्थ्य विज्ञानमा उपचाररत अवस्थामा रहेको सुनिएको उनले सुनाए । शुक्रबार भएको विवादका कारण उक्त विद्यालयको चुनाव स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस