अनुमति नआउँदा भैरहवाबाट हुने निगमको उडान अन्योलमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनुमति नआउँदा भैरहवाबाट हुने निगमको उडान अन्योलमा


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाल वायुसेवा निगमको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भनिएको अन्तर्राष्ट्रिय उडान अन्योलमा परेको छ । 

निगमले नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट पुस ४ गतेदेखि भैरहवाबाट भारतको क्वालालम्पुर र कतारको दोहा उडान गर्ने अनुमति लिएको थियो । तर, भैरहवाबाट हुने भनिएको क्वालालम्पुर र दोहाको उडान अन्योलमा परेको हो । दुवै ठाउँबाट उडानको लागि जवाफ नआउँदा उक्त उडानहरु अन्योलमा परेको हो । 

निगमले अहिले प्राधिकरणबाट उडानको लागि अनुमति प्राप्त गरिसकेको छ । तर, क्वालालम्पुर र दोहाबाट अनुमतिको लागि प्रतिक्रिया नआउँदा उडान अन्योलमा परेको हो । 

प्राधिकरणले जारी गरेको विन्टर सिजनको उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा तीनवटाभन्दा बढी उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाएको थियो ।

प्राधिकरणले ३० अक्टोबर २०२२ देखि २५ मार्च २०२३ सम्म ६ महिनाको ‘विन्टर सिजन’को उडान तालिका तय गरेको थियो । उक्त तालिकाअनुसार निगमले भैरहवाबाट कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने थियो । 

प्राधिकरणले जारी गरेको विन्टर सिजनको उडानको तालिकाअनुसार उडान नगरेपछि त्रिभुवन विमानस्थलबाट हुने एउटा उडान कटौती गरिदिएको थियो । 

प्राधिकरणले बाध्यकारी नियम बनाएपछि निगमले भैरहवाबाट उडान गर्नेगरी गृहकार्य सुरु गरेको थियो । निगमले मंसिर ४ गतेदेखि भैरहवाबाट उडान गर्नेगरी प्राधिकरणबाट अनुमतिसमेत ल्याइसकेको छ । 

प्राधिकरणबाट अनुमति ल्याएसँगै निगमले भैरहवाबाट उडान गर्ने गृहकार्य सुरु गरेको थियो । भैरहवाबाट दोहा र क्वालालम्पुर उडानको लागि निगमले प्राधिकरणबाट अनुमति पाएको थियो । उक्त उडानको लागि निगमले गृहकार्य सुरु गरेको थियो । 

निगमले भैरहवाबाट दोहा र क्वालालम्पुर उडानको लागि दुवै गन्तव्यमा निवेदन पेस गरेको छ । तर, अहिलेसम्म कुनै पनि जवाफ नआएको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । सोही कारण निगमको मंसिर ४ गतेदेखि हुने भनिएको भैरहवाबाट हुने उडान अन्योलमा परेको हो ।

उडानको लागि अहिले पनि प्रयास जारी रहेको प्रवक्ता खड्काले बताइन् । 

हाल भैरहवा विमानस्थलबाट नेपालको हिमालय एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले व्यावसायिक उडान गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस