विपदमा नेपाली सेना र नागरिक सम्बन्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विपदमा नेपाली सेना र नागरिक सम्बन्ध


१ पुस २०७९, शुक्रबार


डोटी । नेपालमा सशस्त्र द्धन्दको समयमा नेपाली सेना देख्ने र भन्ने बित्तिकै सर्वसाधारण आम नागरिकहरू झसङ्ग हुने गर्दर्थे । तत्कालीन समयमा सहर भन्दा ग्रामीण बस्तीहरूमा नेपाली सेनाको पेट्रोलियम गल्ती चलेको समयमा सेना देख्ने बित्तिकै आम नागरिक तर्सिर्ने गर्थे सेनासँगको सम्बन्ध टाढाँको थियो तर पछिल्लो समयमा नेपाली सेनाले गर्दै आइरहेका विभिन्न सामाजिक कार्यले गर्दा नेपाली सेना र सर्वसाधारण बिचको सम्बन्ध नजिकको बन्दै गइरहेको पाइन्छ ।

डोटीको जोरायल गाउँपालिका ५ की ५९ वषिर्य खिमा देवी देउवा पहिले र अहिलेको नेपाली सेना फरक रहेको बताउँछिन् । उनी भन्छिन् २०५७,५८ साल तिर सङ्कटकालको समय थियो सेनाको गस्ती भइरहन्थ्यो आज यो बस्तीमा सेना आउदैछन भन्ने थाहा पाउने बित्तिकै गाउँमा रहेका सबै पुरुषहरूको भागाभाग हुन्थ्यो, सबैको मनमा सेनाले अनायासै कुटपिट गर्छ भन्ने मानसिकता थियो तर द्धन्द समाप्त सँगै अहिले त्यो सबै हरायो , नेपाली सेना त हाम्रै छोरा भाईभतिजा रहेछन् हाम्रो सुरक्षाको लागि रहेछ भन्ने बल्ल थाहा पाए ।

पछिल्लो समयमा नेपाली सेनाले बिपतको समयमा गरेका मानवीय तथा सामाजिक कार्यले गर्दा हाम्रो देशमा साँच्चै सेना आवश्यक रहेछ भन्ने लागेको बताउँछन् डोटीको बडीकेदार गाउँपालिका २ का चक्र मटेली । उनी द्धन्दको समयमा नेपाली सेना र विद्रोही पक्षबिचको भिडन्तमा परेर घाइते भएका थिए अहिले पनि उनी अपाङ्ग अवस्थामा छन् तर पनि त्यतीबेलाको देशको परिस्थिति अनुसार नेपाली सेना परिचालित भएको उनको बुझाई छ ।

देशको परिस्थिति अनुसार नेपाली सेनाले विभिन्न कार्य गदै र्आइरहेको बुझाई छ डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाको । उनी भन्छन् द्धन्दको समयमा त्यतीबेलाको परिस्थिति अनुसार सेना साँच्चै कठोर जस्तो लाग्थ्यो, सेना र सर्वसाधारण बिचको सम्बन्ध नजिकको हुदैनकी जस्तो लाग्थ्यो तर अहिले नेपाली सेना पनि हाम्रै दाजुभाइ रहेछन् हामीहरूको निम्ति काम गर्ने रहेछन् भन्ने सेनाले गर्दै आइरहेका विभिन्न कार्यले देखाउदैछ । पछिल्लो समयमा नेपाली सेनाले नेपालका ठुलठुला सडक आयोजना निमार्ण देखि सामाजिक कार्यका साथै विभिन्न क्षेत्रमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका कारण पनि नागरिक र सेना बिचको सम्बन्ध नजिकको बन्दै गएको समेत सहायक क्याम्पस प्रमुख देउवाले बताए ।

नेपाली सेना विगत भन्दा बर्तमानमा परिमार्जित रूपमा आम नागरिक सँगको सम्बन्ध प्रगाढ बनाउनका साथै सामाजिक कार्यमा पनि सहभागिता जनाउने गरेको डोटी सिलगढी स्थित भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । उनले भने नेपाल सेना कुनै छुट्टै दर्जाको मानव होइन तपाईँहरूकै भाइ, छोरा, छोरी भतिजा नै हो त्यसैले नेपाली सेना सदैव जनता सँग सम्बन्ध प्रगाढ बनाई सामाजिक कार्यमा सहकार्य गर्न चाहन्छ ।

नेपाली सेनाले गर्दै आइरहेको सामाजिक कार्य प्रशासनीय रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् उनले भनिन् नेपाली सेनाले गरेका सामाजिक कार्यले जनता र सेना बिचको भावना, सम्बन्ध प्रगाढ हुन सहयोग पुग्नुका साथै जिल्लाको खेलकुद, पर्यटन, विकासमा सहयोग पुग्नुका साथै आपत् विपद् पर्दा र अन्य समयमा पनि नजिकको सहयोगी निकाएहो भन्ने सन्देश प्रवाह हुँदै आइरहेको समेत प्रजिअ श्रेष्ठले बताइन् ।

२०७९कात्तिक २२ गते डोटी जिल्ला केन्द्र बिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका ३ गैरागाउँमा भएको घटनामा राहत तथा उदारमा पनि नेपाली सेनाको अहम् भूमिका देखिन्छ । २०७९ असोज १९ गते देखी देशभर परेको अविरल बर्षातका समयमा पनि डोटी जिल्ला सदरमुकाम सिलगढी स्थित भैरव प्रसाद गणले विपद्को समयमा गरेको मानवीय कार्य पनि एक उदाहरण हो ।

सेती नदिमा रहेको सेती पुलमा अड्किएर रहेको पिपलको रुख निकाल्ने, राजपुर देखि केआई सिंह गाउँपालिका जाने अवरुद्ध सडक खोल्ने, सिलगढी खानेपानी सुचारु गर्ने गर्ने कार्य पनि नेपाली सेनालेनै गरेका थिए । बिपद्का समयमा नेपाली सेनाले गरेका सामाजिक कार्यबाट पनि सेना सामाजिक सेवामा तत्पर छ भन्ने कुरा प्रस्ट देखिन्छ ।

नेपालको संविधानको धारा २६७ ले नेपाली सेना परिचालन सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ । सोही अनुसार सेनाले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण तथा सशस्त्र विद्रोह भएमा सतर्कता पूर्वक त्यसको सामना गर्न आफूलाई सदैव तयारी अवस्थामा राखेको पाइन्छ ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार विभिन्न समयमा हुने विभिन्न तहको निर्वाचनका समयमा नेपाली सेनाले आफ्नो तटस्थ भूमिका निर्वाह गरेको देखिन्छ । २०७९ साल वैशाख ३ गते भएको स्थानीय तहको निर्वाचन र मङ्सिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट पनि सेनाको भूमिका प्रस्ट देखिन्छ ।

संविधानले निर्दिष्ट गरेको भूमिका र सरकारबाट वैधानिक रूपमा प्राप्त हुने कार्यादेश अनुसार नै सेना ब्यारेकबाट निस्कन सक्ने प्रावधान छ भने शान्तिकाल र युद्धकालमा सेनाको भूमिका नितान्त फरक हुने हुँदा सामान्य अवस्थामा सेनाले आफूलाई विकास निर्माण र सामाजिक कार्यमा सक्रिय गराइरहेको देखिएको छ । यसले गर्दा एकातिर सैन्य जनशक्ति निष्क्रिय बस्नु नपर्ने र विकास आयोजना र सामाजिक कार्यले देश र जनतालाई ठूलो फाइदा पुग्नुका साथै नेपाली सेना र जनता बिचको सम्बन्ध प्रगाढ हुने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस