२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला अधिकारको पक्षमा विरोध गर्ने इरानी फुटबलरलाई मृत्युदण्ड

अ+ अ-

काठमाडौँ । इरानले एक फुटबलरलाई मृत्युदण्ड सजाय सुनाएको छ। इरानी प्रोफेसनल फुटबल खेलाडी अमिर नसर अजदानीलाई महिला अधिकारको पक्षमा भएको प्रदर्शनमा सहभागिता जनाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो।

गत नोभेम्बरमा भएको राष्ट्रव्यापी प्रदर्शनमा फुटबलर २६ वर्षीय अजदानी पक्राउ परेका थिए।​ हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले गत नोभेम्बरमा मासा अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा व्यापक जनप्रदर्शन भएका थिए।

प्रदर्शनका क्रममा केही प्रहरीका सहयोगीको समेत मृत्यु हुँदा त्यसमा संलग्न भएको आरोपमा अजदानी नोभेम्बर १६ मा पक्राउ परेका थिए। उनीमाथि ‘भगवानविरुद्ध युद्ध मच्चाएको’ आरोप लागेको थियो। सजायस्वरूप उनलाई मृत्युदण्डको सजाय गरिएको हो। ​

नेदरल्याण्ड्समा रहेको अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेलाडी संघ (फिफप्रो)ले यो समाचारले आश्चर्यचकित भएको बताएको छ। एक वक्तव्य निकाल्दै उसले इरानको यो कदमको कडा आलोचना गरेको छ। उनलाई मृत्युदण्ड दिने फैसला तत्काल फिर्ता गर्नसमेत माग गरेको छ।

अजदानीले पर्सियनल गल्फ प्रो लिगमा ट्रयाक्टरबाट व्यावसायिक फुटबल खेलेका थिए। सन् २०१७ यता उनी व्यावसायिक खेलमा देखिएका थिएनन्। उनीसहित २८ जनालाई यही मुद्दामा मृत्युदण्डको घोषणा भएको छ। पछिल्ला दिनमा उक्त प्रदर्शनमा सहभागीहरूलाई हरेक दिनजसो मृत्युदण्डको सजाय हुने गरेको छ।