२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशबाट वार्षिक २० करोडको जडीबुटी बिक्री

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशमा उत्पादित जडीबुटी विदेश निर्यात हुँदै आएको छ । गण्डकी प्रदेशबाट विदेशमा निर्यात गर्ने सम्भावना रहेको वस्तु तथा उत्पादनको इन्भेन्ट्रीसम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार यस प्रदेशबाट वार्षिक औसत ५६.१७ मेट्रिक टन जडीबुटी विदेश निर्यात हुँदै आएको छ ।

प्रतिवेदनअनुसार यहाँ उत्पादित जडीबुटी आधिकारिक व्यापारका रूपमा निर्यात हुन्छ ।

उक्त परिमाणका आधारमा यस प्रदेशबाट हालको बजार मूल्यलाई आधार मान्दा प्रतिवर्ष २० करोड ६२ लाख रुपैयाँ बराबरको जडीबुटी निर्यात हुने प्रतिवेदनको तथ्याङ्कमा देखिन्छ । यसबाहेक पनि जडीबुटीको अनधिकृत व्यापार हुने गरेको सरोकारवाला बताउँछन् । तत्कालीन उद्योग, पर्यटन तथा वन, वातावरण मन्त्रालयको वार्षिक प्रगति विवरण (२०७७) का अनुसार आर्थिक वर्ष २०७६/७७ मा जडीबुटीमध्ये यार्चागुम्बु सबैभन्दा बढी १३ करोड ३९ लाख रुपैयाँको व्यापार भएको थियो ।

यस्तै, काकोलीरवन लसुन २ करोड ३९ लाख र सतुवा १ करोड ६३ लाखको व्यापार भएको प्रतिवेदनमा छ । मुख्य ५ प्रजातिको कुल वार्षिक व्यापार १८ करोड ५३ लाख (९० प्रतिशतभन्दा बढी) भएको देखिन्छ । सबैभन्दा बढी परिमाणमा व्यापार भएको जडीबुटीहरूमा मुसली (७.२ टन), दालचिनी (५.९ टन), बुधनी फुल (४.७ टन), तेजपात (४.२ टन) र चिराइतो (३.५ टन) रहेका छन् । त्यस्तै कुटकी, निरमसी, चिराइतो र तेजपात विगत १० वर्षदेखि लगातार निर्यात (व्यापार) हुँदै आएको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  

प्रतिवेदनका अनुसार कुल ६ वटा प्राथमिकीकरणका आधार (व्यापारमा रहेको वर्ष, व्यापार परिमाण, कुल व्यापारिक मूल्य, नेपाल सरकारको प्राथमिकीकरण, मूल्य अभिवृद्धिको सम्भावना र स्थानीय उपलब्धता) को आधारमा गण्डकी प्रदेशका प्राथमिकता प्राप्त १० जडीबुटीहरूमा तेजपात, चिराइतो, कुरिलो, कुटकी, सतुवा, सुगन्धवाल, मजिठो, जटामसी, विषजरा र यार्चागुम्बु रहेका छन् ।

यसैगरी, हस्तकलाका सामानलाई धातु तथा काष्ठकलाका र कपडाजन्य उत्पादनका रूपमा वर्गीकरण गर्न सकिने प्रतिवेदनले जनाएको छ ।

गण्डकी प्रदेशमा उत्पादन भई विदेशमा निर्यात हुने प्रमुख उत्पादनमा हस्तकलाका सामानहरूमा अल्लो तथा हेमबाट तयार भएका कपडाहरू, झोला तथा अन्य सामग्री बढी रहेको मन्त्रालयको भनाई छ । मन्त्रालयले जडीबुटीलगायतका सामानमा ठोस योजना सार्वजनिक गरेर कार्यान्वयन गर्नतर्फ ध्यान दिन आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस