मधेसी आयोगले थारु र मुस्लिमलाई सूचीबाट हटाउने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेसी आयोगले थारु र मुस्लिमलाई सूचीबाट हटाउने 


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूची बाट हटाउने निर्णय गरेको छ । आयोगको मसिंर २० गते बसेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताए । 

मधेसी आयोगले गरेको निर्णय कार्यान्वयनको लागि आयोगकी उपसचिव सबिता डङ्गोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन । 

थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भएकोले मधेसी क्लस्टरमा आफूहरूलाई नराख्न मधेसी आयोगमा उजुरी दिएका थिए  । 

आयोगका अध्यक्ष डा. दत्तका अनुसार सो उजुरी माथि आयोगले निर्णय लिदै थारु र मुस्लिम लाई मधेसी बाट हटाउने निर्णय गरेको हो । 

मधेसी आयोगले २०७८-७९ को वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेसीको रूपमा सिफारिस गरेको थियो  । 

Tags :
प्रतिक्रिया दिनुहोस