२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गरेँ : मुख्यमन्त्री कुलप्रसाद केसी

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्।

लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पारे।

आफू नेतृत्वको प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलो मिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्बिनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उनले बताए।

उनले भने, ‘राप्ती उपत्यका सबैको पायक पर्ने ठाउँ देउखुरी, नजिकै गौतम बुद्धको जन्मस्थल लुम्बिनी छ । त्यसनजिकै काखमा हामीले आफ्नो राजधानी सार्ने काम गरेका छौँ। प्रदेशसभाले पारित गरेको प्रस्तावलाई पूर्ण रूपमा कार्यान्वयन गरेर संघीय व्यवस्थालाई बलियो बनाई दिने जिम्मेवारी पूरा गर्ने मेरो दायित्व थियो । यो अन्तिम समयमा पूरा गर्ने अवसर प्राप्त भएको छ । पहिलो प्रदेशसभाले गरेको निर्णय कार्यान्वयन गरिदिनु पर्दछ । त्यसलाई स्थापित गरिदिनु पर्छ । एउटा गौरवका साथ हामीले प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गरेका छौँ। दोस्रो पूर्वाधारको हिसाबले प्रदेशका १२ वटै जिल्लालाई जोडने गरी १३ सय किलोमिटर पहाडी मार्गलाई उत्तर–दक्षिण जोड्ने रणनीतिक योजना थियो। त्यसलाई पूरा गर्ने । तेस्रो, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल, जसबाट हाम्रो पचासौँ लाख मानिसले मात्रै लाभ नलिएर छिमेकी प्रदेशकाले पनि लाभ लिन मिल्ने गरी हामीले अर्को गौरवको योजना बनायौँ। अर्को, लुम्बिनी प्राविधिक विश्वविद्यालयनेपालगञ्जमा स्थापित गरिएको छ।’

मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माण पनि सकिएकोले आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताए।

उनले केही दिनभित्रै मन्त्रालयहरूका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताए। मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको पटक पटक दोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस