२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेन्द्रनगरमा समृद्ध सुदूरपश्चिमबारे बहस हुने

अ+ अ-

दोधारा चाँदनी । महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ ।

सम्मेलन ब्रिटेन(नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीन दिनसम्म चल्ने विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले बताए । सम्मेलनमा नौ देशका प्राध्यापक तथा अनुसन्धानकर्ताले शोधपत्र प्रस्तुत गर्ने छन् ।

“सुदूरपश्चिममा केन्द्रित रहेर तयार पारिएका शोधपत्र शोधकर्ताले प्रस्तुत गर्नेछन् ती विषयमा बहस छलफल हुनेछ”, उनले भने,
“नौ विधामा ७६ वटा शोधपत्र प्रस्तुत हुनेछन् भने सम्मेलनमा भौतिक र अनलाइन माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ ।”

सेमिनारमा सुदूरपश्चिमको कला संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका विषयमा समेत विचार विमर्श हुने उनले बताए । “यस क्षेत्रमा थुप्रै सम्भावना भए पनि ती सम्भावनाको उजागर हुन सकेको छैन”, उनले भने । उनले हालसम्म राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सुदूरपश्चिमबारे गहन छलफल हुन नसकेको बताए ।

सेमिनारमा स्वदेशी र विदेशी गरी चार सय १६ जना सहभागी भएको ब्रिटेन(नेपाल एकेडेमिक काउन्सिलका प्रतिनिधि कृष्ण अधिकारीले बताए । उनले भौतिक रूपमा दुई सय जना र अन्य अनलाइनमार्फत सहभागी हुने बताए ।

“सम्मेलनमा जनस्वास्थ्य, मेडिकल शिक्षा, इन्जिनियरिङ, जलस्रोत, शैक्षिक नीति, वातावरण, सामाजिक विज्ञान र इतिहासलगायतका विषयमा बहस हुनेछ ।” सम्मेलनमा यहाँको गेटा मेडिकल कलेजदेखि पश्चिम सेती परियोजनाबारे पनि बहस हुने उनको भनाइ छ ।

सुदूरपश्चिममा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनले यस क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने उनको विश्वास छ । सम्मेलनमा विभिन्न नौ देशका प्राध्यापकको सहभागिता रहने छ ।

विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले सुदूरपश्चिममा रहेका थुप्रै सम्भावनाको उत्खनन गर्नेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस