काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरावलोकन गर्न नेकपा (एमाले)लाई मङ्गलवार पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरावलोकन गर्न पत्र पठाएको हो ।
शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ तीनवटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुनसम्मत निर्णय गरिएकाले सूची नसच्याउने भन्दै आयोगलाई जवाफी पत्र पठाएका थिए । त्यसपछि आयोगले सो निर्णय पुनरावलोकन गर्न भन्दै पत्र पठाएको हो ।