भारत फर्किए प्रशिक्षक प्रभाकर, नेपालको जिम्मेवारी छाड्ने सङ्केत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारत फर्किए प्रशिक्षक प्रभाकर, नेपालको जिम्मेवारी छाड्ने सङ्केत


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकर स्वदेश फर्किएका छन् । सोमबार बिहान उनी भारत फर्किएका हुन् । स्रोतका अनुसार प्रभाकर अब नेपालको जिम्मेवारीमा फर्कने सम्भावना कम छ ।

उनले आइतबार मात्र नेपाल क्रिकेट सङ्घ-क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, क्रिकेट म्यानेजर विनोद दासलगायतसँग छलफल गरेका थिए । क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रभाकरले आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेको र मनलाग्दी निर्णय गर्ने गरेकाले उनको पर्फमेन्स सन्तोषजनक नरहेको बताए ।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत अगस्टमा विवादास्पद छविका प्रभाकरलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको थियो ।

तर टोलीले कमजोर प्रदर्शन गरेपछि उनी दबाबमा परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस