बारको आकस्मिक बैठक बस्दै चोलेन्द्रलाई अवरोध हुन सक्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारको आकस्मिक बैठक बस्दै चोलेन्द्रलाई अवरोध हुन सक्ने


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा हाजिर हुने तयारीसँगै बारले आकस्मिक बैठक बोलाएको छ ।

महाभियोग निष्क्रिय भएको पत्र लिएर प्रधानन्यायाधीशका रूपमा सर्वोच्च फर्किन लागेको खबरपछि विकसित घटनाक्रमबारे छलफल गर्न पदाधिकारीहरूको बैठक बस्न लागेको बताइएको छ ।

चोलेन्द्रविरुद्ध आन्दोलन गर्दै आएको बारले उनी फेरि सर्वोच्च फर्किए के गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको एक पदाधिकारीले बताए ।

सम्बन्धित समाचार: महाअभियोग टुङ्गो नलाग्दै अवकाश पाएर घर जाँदै जबरा

सम्बन्धित समाचार: प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किँदै, यस्तो छ सांसदका महासचिवले दिएको चिठी 

Tags :
प्रतिक्रिया दिनुहोस