३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकियो काठमाडौँ महानगरले सुरु गरेको फोहोरको वर्गीकरण

अ+ अ-

काठमाडौँ । करिब पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ। 

फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो। सुरूको एक दुई हप्ता कामपाको योजनाअनुरूप काम भए पनि यसले निरन्तरता भने पाउन सकेन।  

कामपाको प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताउँछन्। कामपासँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकारसँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको छ।

स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहोरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ। निजी क्षेत्रबाट दुई सय गाडीले फोहोर ओसार्छन्।

काठमाडौँ उपत्यकाको १८ पालिकाको फोहोर दैनिक रूपमा बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न थालिएको हो। सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको थियो। आगामी दिनमा प्रभावकारीरुपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचान गरी कुहीने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि उक्त कार्यले पूर्णता: पाउन सकेको छैन। 

प्रतिक्रिया दिनुहोस