एकीकृत समाजवादी राष्ट्रिय दल बन्न असफल, कति मत अपुग ?  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एकीकृत समाजवादी राष्ट्रिय दल बन्न असफल, कति मत अपुग ? 


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल भएका हुन् ।

जसमा नेकपा (एमाले)बाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन । 

उसले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस