२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिकमा रास्वपा र जनमत पार्टीले गुमाए एक-एक सिट, फाइदा कसलाई ?

अ+ अ-

काठमाडौँ । दोलखाको विवादित मतदान केन्द्रमा पुनः मतदानपछि भएको गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली काँग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक-एक सिट बढाएका छन् । 

हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ समानुपातिक तर्फको मतगणनामा हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ । यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको काँग्रेसले ३३ सिट पाउने निश्चित भएको छ । 

यस्तै ११ लाख ७५ हजार ६८४ मत पाउँदा समानुपातिकमा माओवादी केन्द्रले १४ सिट, ११ लाख ३० हजार ३३४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, ५ लाख ८८ हजार ८४९ मत पाउँदा राप्रपाले ७ सिट, ४ लाख २१ हजार ३१३ मत पाएर जनता समाजवादी पार्टीले ५ सिट र ३ लाख ९४ हजार ६५५ मत पाई जनमत पार्टीले ४ सिट पाउने भएको हो । 

दोलखाको मतगणना अघि रास्वपाले १४ र जनमत पार्टीले ५ सिट पाउने देखिएको थियो भने एमालेले ३३ र काँग्रेसले ३२ सिट पाउने देखिएको थियो । 

हाल बाजुरा जिल्लाको समानुपातिक तर्फको मतगणना कार्य भइरहेको छ । भोलिसम्म गणना सकिने भएपनि दलहरूले हालसम्मको अवस्थामा पाउने सिटमा तलमाथि नहुने निर्वाचन आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस