घानाका मुख्य प्रशिक्षक अड्डोद्वारा राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घानाका मुख्य प्रशिक्षक अड्डोद्वारा राजीनामा


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । घानाको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ओट्टो अड्डोले राजीनामा दिएका छन् ।

कतार विश्वकपको समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक ओट्टोले राजीनामा दिएका हुन् । विश्वकपमा घानाले ३ खेलमा मात्र १ जित निकालेको थियो ।

समूह ‘एच’मा रहेको घाना पुछारमा रहँदै समूह चरणबाट बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा शुक्रबार घानालाई उरुग्वेले हराएको थियो ।

४७ वर्षीय प्रशिक्षक २०२२ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । त्यसअघि उनले सहायक प्रशिक्षकको रूपमा घानाको टोलीमा काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस