नवलपरासी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवलपरासी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ । 

दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीको भनाई छ । मृतकको सनाखत भइसकेको छैन। घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ।

सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान छ। साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी थियो।

घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको संख्या बढेको जनाइएको छ। 

सम्बन्धित समाचार : नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना गम्भीर घाइते

Tags :
प्रतिक्रिया दिनुहोस