नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना गम्भीर घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना गम्भीर घाइते


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४-००१ज-०००६ नंको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस