कपडा गोदाममा राजश्व विभागको छापा, तीन ठाउँमा सिलबन्दी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कपडा गोदाममा राजश्व विभागको छापा, तीन ठाउँमा सिलबन्दी


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागले काठमाडौँका तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी गरेको छ ।

भन्सार छलेर ल्याइएका सामान गोदाममा गरिराखेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको टोलीले छापा मारेर तीन स्थानमा रहेको कपडा गोदाममा सिलबन्दी गरेको हो । 

नितेश इम्पेक्सको काठमाडौँको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा सिलबन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनले शुक्रबारदेखि विभागले सिलबन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए । 

गोदाममा भन्सार छलेर ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशङ्का गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस