साउनदेखि तलब नपाएको मेलम्ची खानेपानी आयोजना कर्मचारीको गुनासो, दिए यस्तो चेतावनी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साउनदेखि तलब नपाएको मेलम्ची खानेपानी आयोजना कर्मचारीको गुनासो, दिए यस्तो चेतावनी 


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाबाट ६१ कर्मचारीले साउन महिनादेखि अहिलेसम्म पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै कर्मचारीले पानी पथान्तरणमा असहयोग गर्ने चेतावनी दिएका छन् । 

आज पाली काँग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंह, वाग्तमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नवनिर्वाचित सांसद, मेलम्चीका नगरप्रमुख आइतमान तामाङ र हेलम्बुका प्रमुख निमा ग्याल्जेन शेर्पासहितले खानेपानी मुहानको अवलोकन गर्ने क्रममा हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथान अडिटमा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा जानकारी गराउने क्रममा कर्मचारीको तर्फबाट समस्या राखेका हुन् ।

निर्देशक श्रेष्ठले सरकारले ‘फास्ट ट्र्याक’बाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताए । उनले इन्धन, बिग्रेका गाडी मर्मत तथा अन्य सरकारी पक्षबाट हुनुपर्ने काम हुन नसकेको भन्दै यथाशीघ्र माग पूरा गर्न माग गरे ।

सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि महत्त्वपूर्ण निर्णय पनि हुन नसकेको उनको भनाइ थियो । 

यस्तै नेपाली काँग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेपछि उनले आफूले पहल गर्ने बताएका हुन् ।

बुधबारमात्रै खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस