देउवाकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ : मन्त्री चौधरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देउवाकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ : मन्त्री चौधरी


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रमका उनले सरकार निर्माण गर्ने विषयमा दलहरूबीच छलफल सुरु भइसकेको भन्दै पाँच दलीय गठबन्धनको सरकारको मन्त्रीहरू पनि सल्लाहमै टुङ्गो लगाउनुपर्ने बताए । 

मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरूको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

यद्यपि, उनले अहिलेको निर्वाचनमा आफ्नो पार्टीको सन्तोषजनक परिणाम नआएको जिकिर गरे । 

यस्तै, मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौँको सुकुम्वासी समस्या हल गरिने दाबी गरे ।

थापाथलीको सवालमा सुकुम्वासी बस्ती भनिएको ठाउँमा ठूला भवन बनाइएका र स्टल बनाएर भाडा असुल्ने काम भएको उनले बताए । 

मन्त्री चौधरीले सबै सुकुम्वासीको पहिचान गर्ने र उनीहरूको घर नबन्दासम्म उनीहरूको लागि उचित बसोबासको व्यवस्थापन गर्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस