वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वृद्धभत्ता पाउने उमेर घटाउने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आर्थिक गतिविधि चलायमान बनाउन र रोजगारी सिर्जनामा हुनुपर्ने प्रतिस्पर्धा वृद्धभत्ता पाउने उमेर घटाउनमा भइरहेको बताए ।

‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ । प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु, कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो । भाष्य नै हामीले गलत बनाएका छौँ’ उनले भने ।

केन्द्र सरकारको सिको गर्दै अहिले स्थानीय सरकारमा पनि बजेट वितरणमुखी बनाउन प्रतिस्पर्धा भइरहेको थापाले टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस