स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : पोखरेल


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर धाँधली गरेको बताएका छन्। पोखरेलले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने माग राखेको थियो । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस