काठमाडौँबाट थाइल्याण्ड उडेको नेवानिको जहाज बङ्गलादेशमा आकस्मिक अवतरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँबाट थाइल्याण्ड उडेको नेवानिको जहाज बङ्गलादेशमा आकस्मिक अवतरण


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । काठमाडौँबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बङ्गलादेशमा आकस्मिक अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केत गरेको थियो । सोहीकारण जहाज बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

आरए ४०१ उडान नम्बर रहेको ए ३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाज भने पुनः बैंकक उडाउने तयारी भइरहेको बताइएको छ । 

जहाजमा १५२ जना यात्रु सवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस