अब दोहा र क्वालालाम्पुरबाट भैरहवामा नेवानिको सिधा उडान हुने  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब दोहा र क्वालालाम्पुरबाट भैरहवामा नेवानिको सिधा उडान हुने 


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । आगामी १९ नोभेम्बर (४ पुस)देखि नेपाल एयरलाइन्सले भैरहवालाई एक साथ दुई गन्तव्यमा जोड्ने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । साथै नेवानिको यसअघि कटौती भएका गन्तव्यको उडान पुनः साबिकको संख्यामा पुर्‍याएर तालिका स्वीकृत भएको प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलले जानकारी दिए ।

स्वीकृत तालिका अनुसार काठमाडौँ-दोहा-भैरहवा-काठमाडौँ रुटमा एउटा जहाजले उडान गर्नेछ । नेपाल एयरलाइन्सको अर्को जहाजले काठमाडौँ-क्वालालाम्पुर-भैरहवा- काठमाडौँ रुटमा उडान गर्ने छ ।

दोहाबाट भैरहवा साताको दुई वटा (आइतबार र मङ्गलवार) र क्वालालाम्पुरबाट भैरहवा एउटा गरी सातामा तीन वटा उडान हुने गरी तालिका स्वीकृत भएको हो । प्राधिकरणले १९ डिसेम्बरबाट २५ मार्चसम्मका लागि यो तालिका स्वीकृत गरेको हो ।

यसअघि कटौती भएको दिल्लीसहितका अन्तर्राष्ट्रिय उडानको समेत तालिका पुनः स्वीकृत भएको छ । यसअघि अब नयाँ दिल्लीमा काठमाडौँबाट नेवानिले सातामा १४ उडान अर्थात् दैनिक २ उडान गर्न पाउने भएको छ ।

यसअघि सातामा १० मात्र उडान हुने गरी प्राधिकरणले उडान कटौती गरेको थियो । काठमाडौँबाट क्वालालाम्पुर, दोहा र दुबईमा समेत अब दैनिक एक उडान गर्न सक्ने गरी निगमको तालिका स्वीकृत भएको छ । भैरहवाबाट अनिवार्य उडान गराउन प्राधिकरणले केही अगाडि यी रुटहरूको नियमित उडान कटौती गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस