पुल अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई ७ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पुल अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई ७ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टार मकैसिङअलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको छ । 

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय ‘११ किलो छेपेटार-भालुस्वाँरा-वारपाक सडक योजना’ले पुल निर्माणको कामलाई अलपत्र पार्ने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

आयोजना र कम्पनीबीच भएको सम्झौताअनुसार त्रिशूली नदीमाथि बन्ने पुल निर्माणको समयसीमा सकिइसकेको छ । यसपछि, आयोजनाले यसअघि पप्पु कन्स्ट्रक्सनलाई समयमै काम सक्न मौखिक र लिखित जानकारी दिएपनि बेवास्ता गर्दै आइरहेको थियो ।

पटक-पटक दबाब दिँदा पनि कम्पनीले निर्माण सम्पन्न गर्न आवश्यक कदम नचालेपछि आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको हो । 

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (२-क)  बमोजिम ठेक्का अन्त्य किन नगर्ने भने प्रश्न समेत सोधिएको छ ।

७ दिन भित्र कम्पनीका तर्फबाट उचित जवाफ नआएमा कानुन बमोजिम कारबाही गर्ने आयोजनाले चेतावनी दिएको छ । गोरखा १ (क)बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण धितालले निर्वाचनअघि उक्त पुलको निर्माणकार्य अघि बढाउने बताएका थिए ।

यस्तै, निर्वाचन जितेपछि सांसद धितालले आवश्यक कदम चाल्दै पुल निर्माणको काम छिटो सक्न कम्पनीलाई दबाब दिँदै आवश्यक पहल गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस