२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अघिल्लो निर्वाचनमा भन्दा एमालेले गुमायो ४३ सिट, काँग्रेसले कति  बढायो ?

अ+ अ-

काठमाडौँ । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षमा ८० सिटमा जित निकालेको नेकपा एमाले यसपटक ४४ मा खुम्चिने देखिन्छ । यद्यपि, अझै ३ वटा निर्वाचन क्षेत्रको मत परिणाम आइसकेको छैन । अघिल्लो निर्वाचनमा २३ सिटमा जित निकालेको नेपाली काँग्रेसले यस पटक ५५ सिट जित्ने देखिन्छ । यो अघिल्लो निर्वाचनमा भन्दा ३२ सिट बढी हो ।

त्यसबेला नेकपा एमाले, माओवादीसहितको वाम गठबन्धन थियो । नेपाली काँग्रेस एकल ढङ्गले चुनावमा लडेको थियो । यस पटक भने काँग्रेसले माओवादीलगायतका अन्य ४ दलसँग मिलेर चुनाव लडेको थियो भने एमाले राप्रपा, जसपालगायतसँग गठबन्धन गरेर चुनावी मैदानमा गएको थियो ।

दुवै गठबन्धनबाट चुनावमा जाँदा सबैभन्दा धेरै फाइदा नेपाली काँग्रेस र राप्रपाले लिएको छ । २०७४ सालको निर्वाचनमा बल्लतल्ल १ सिट जितेको राप्रपाले हाल ७ वटा प्रत्यक्षमा जितेको छ । यस्तै अघिल्लो पटक महन्थ ठाकुरको नेतृत्वमा रहेको राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको पार्टी संघीय समाजवादी पार्टी मिलेर मधेस प्रदेशमा चुनाव लडेका थिए । त्यसबेला राजपाले प्रत्यक्षमा ११ र संघीय समाजवादीले १० सिट जितेर रेकर्ड कायम गरेका थिए । अहिले पार्टीको नाम परिवर्तन भए पनि त्यही लिगेसी रहेका दुई पार्टीको सिट संख्या घटेको छ ।

उपेन्द्र यादवको जनता समाजवादी पार्टीको सिट अघिल्लो पटकको १० सिटबाट घटेर अहिले ७ मा झरेको छ । महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादीको भने ११ बाट घटेर ४ सिटमा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा एक–एक सिट जितेका जनमोर्चा र नेमकिपाले भने आफ्नो स्थान सुरक्षित गरेका छन् ।

यस पटकको निर्वाचनमा नयाँ केही नयाँ दल थपिएका छन् । नेकपा एमालेबाट विभाजित भएको दल नेकपा एकीकृत समाजवादीले १० वटा सिटमा विजयी भएको छ । यस्तै रवि लामिछानेको स्वतन्त्र पार्टीले ७, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले ३, सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले १ सिट जितेको छ । 

यसैबीच मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फ पनि ०७४ सालमा ठूला बनेका पार्टीको समानुपातिक सिट संख्या उल्लेख्य घट्ने देखिएको छ । समानुपातिकमा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले हालसम्मको मतअनुसार ३४ सिट पाउने देखिन्छ । जबकि ०७४ सालमा एमालेले ४१ सिट समानुपातिकबाट ल्याएको थियो ।

यस्तै नेपाली काँग्रेसले ०७४ सालमा ४० वटा सिट पाएको थियो । यस पटक भने ३२ मा खुम्चिने देखिएको छ । माओवादी केन्द्रले यसअघि १७ वटा समानुपातिक सिट ल्याएको थियो । यद्यपि उसले यो पटक १४ सांसद पाउने देखिन्छ ।

०७४ सालमा महन्थ ठाकुरको पार्टी राजपाले ६ वटा समानुपातिक सिट पाउँदा यो पटक थ्रेस होल्ड नकटाएकै कारण सिट पाउने छैन । जनता समाजवादी पार्टीले भने यसअघि ६ वटा पाउँदा यो पटक ५ वटा पाउने अनुमान छ ।

यस्तै यो पटक समानुपातिकतर्फ पनि नयाँ केही पार्टीले उल्लेख्य सिट ल्याउने देखिएको छ । रवि लामिछानेको स्वतन्त्र पार्टीले १४, अघिल्लो पटक एक सिट पनि ल्याउन नसकेको राप्रपाले ७, सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले ४ सिट पाउने अनुमान छ । अझै करिब ६ लाख मत समानुपातिकतर्फ गन्न बाँकी रहेकोले यो सिट संख्यामा केही परिवर्तन हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस