नवनिर्वाचित सांसदको प्रतीक्षामा संसद, भौतिक पूर्वाधारको तयारी सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवनिर्वाचित सांसदको प्रतीक्षामा संसद, भौतिक पूर्वाधारको तयारी सुरु


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । संघीय संसद सचिवालये नयाँ संसद्का लागि भौतिक पूर्वाधारको तयारी सुरु गरेको छ । प्रतिनिधिसभाको चुनाव प्रत्यक्षतर्फको धेरै नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिक पद्धतितर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

सांसदहरु निर्वाचित भएर आउनुअघि नै सभाहलको मर्मत सम्भार सक्ने, रङरोगन गर्ने लगायतका काम गरेको छ । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कहाँ कहाँ के के समस्याहरू छन् भनेर हेर्ने काम चलिरहेको बताए । 

निर्वाचनको अन्तिम परिणाम आउने बेलासम्म सबै व्यवस्थापनको काम सक्ने गरी काम गरिरहेको संसद सचिवालयका अधिकारीहरू बताउँछन् । सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ भवन पनि निर्माण भइरहेको छ । तर, नयाँ संसद्को बैठक भने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्नेछ ।

संसद सचिवालयका अधिकारीहरूका अनुसार नयाँ भवनमा तत्कालै संसद बैठक राख्न सम्भव छैन । आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने समय नै बाँकी छ । नयाँ भवनको भौतिक निर्माण नै नसकिएकाले पुरानै भवनमा बैठक बस्न लागेको हो । २०७६ असोज १ गते शिलान्यास भएको नयाँ भवन शहरी विकास मन्त्रालयले बनाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस